तपाईँ सुन्दै हुनुहुन्छः

सिप सिकाएर प्रविधि हस्तान्तरण गर्दै जीतपुरसिमरा उपमहानगरपालिका

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले सर्वसाधारणलाई सिप सिकाएर लघु उद्यमी बनाई प्रविधि हस्तान्तरण गरिरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई स्वावलम्बी बनाउन तरकारी खेती, केरा खेती, चाउमिन, सरफ, सिलाइ कटाई, सस बनाउने तरिका, ब्युटी पार्लर, पशुपालन, गार्मेन्ट लगायतका तालिम सञ्चालन गरिएको छ ।

उपमहानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्तर्गत शुक्रबार व्यवसाय गर्न सहज हुने उद्देश्यले लघु उद्यमीहरूलाई उद्यम अनुसारको मेसिन, औजार र विभिन्न किसिमका सामग्री पनि वितरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले ८ वटा वडाका १६ वटा लघु उद्यम समूहहरूलाई उनीहरूको इच्छा अनुसारको सिप सिकाई प्रविधि हस्तान्तरण गरिएको मेडपाका सहजकर्ता दीप नारायण रायले जानकारी दिनुभयो । उहाँले ८० प्रतिशतको अनुदानमा सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

नगर उप प्रमुख भोला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले संयुक्त रुपमा लघु उद्यमी समूहहरूलाई प्रविधि हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button