जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित नगरसभा भोलि हुने
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित नगरसभा भोलि असार ३२ गते हुने भएको छ ।
उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यपालिका बैठकले सभाको अर्को मिति तय गरेको हो । बैठकमा नगर प्रमुख राजन पौडेलले प्रस्तुत गर्नुभएको वार्षिक योजना, कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो ।

आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित एक अर्ब ५६ करोड बजेटमध्ये ३२ करोड वडाको सिलिङका लागि प्रस्ताव गरिएको छ । यसअघि नगर प्रमुख पौडेलले पहिलो पटक २८ करोड र दोस्रो पटक ३० करोड रकम छुट्याउँदै कार्यपालिका सदस्यमाझ प्रस्ताव राख्नुभएको थियो ।
यसअघि असार १० र १३ गतेका लागि बोलाइएको नगर सभा नीति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर स्थगित भएको थियो । कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गरेपछि सभाको मिति तोकिएको हो ।







प्रतिक्रिया राख्नुहोस्