तपाईँ सुन्दै हुनुहुन्छः

भारत भ्रमण गठबन्धनका लागि अर्थपूर्ण : अध्यक्ष दाहाल 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण राजनीतिक तथा सद्भावना भ्रमणका रुपमा रहेको बताउनुभएको छ ।

आज भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल र गठबन्धनका लागि अर्थपूर्ण रहेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले भारत भ्रमणका विषयमा आज बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग र यसअघि नै परराष्ट्र मन्त्री नारायण खड्कासँग छलफल भएको समेत जानकारी दिनुभयो । 

उहाँले छिमेकी देशहरूसँग सन्तुलित परराष्ट्र नीतिमा आफूहरू स्पष्ट रहेको भन्नुहुँदै भारतबाट फर्केपछि चीन भ्रमणमा जाने बताउनुभयो । 

अध्यक्ष दाहाल तीन दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button