तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १६८ फरार अभियुक्त पक्राउ

नेपालगञ्ज। बाँके प्रहरीले एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

गत साउनदेखि असार महिनासम्ममा एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँके प्रहरीका मुद्दा शाखाका इन्चार्ज चक्रडम्बर पालले जानकारी दिनुभयो । पक्राउ परेका अभियुक्तहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैयाँ जरिवाना र १ सय ३४ वर्ष २ महिना १६ दिन कैद असुल गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button