काँग्रेस केन्द्रीय समिति बैठक : आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धमा छलफल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धमा आ–आफ्नो धारणा राख्नु भयो ।
बैठकमा पार्टीलाई कसरी मजबुत बनाउने र काँग्रेसले सफलता हासिल गर्ने लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरुले धारणा राख्नु भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।
बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत केही मन्त्रीले सरकारले गरेका कामका विषयमा बुँदागत रुपमा जवाफ दिनुभएको उहाँले बताउनुभयो ।
असार २७ गतेदेखि जारी बैठक असार ३२ गते शनिबार दिउँसो १ बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्