प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले समितिको २२ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने माग गर्दै विरोध जनाउनुभएको थियो ।
यस्तै बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल भइरहेको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो ।
नागरिकता विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले नागरिकताको विषय राष्ट्रिय सुरक्षाको विषयसँग प्रत्यक्ष जोडिने हुनाले सबै दलहरुबीचको सहमतिमा विधेयक अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सांसदहरूले आफ्ना नागरिक नागरिकता पाउने अधिकारबाट वञ्चित नहुने र कुनैपनि विदेशीले नागरिकता लिन नसक्ने सुनिश्चित हुनेगरी नागरिकता ऐन बन्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्