विकासमा र सेवा प्रवाहमा हिमालाई जिल्लाकै नमुना पालिका बनाउँछौ : अध्यक्ष शाही

जुम्ला । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले शिक्षा, स्वास्थ्य, सडक, कृषि पर्यटनको पूर्वाधार विकास र चुस्त छिटो छरितो सेवा प्रवाहमा हिमालाई नमुना गाउँपालिका बनाउने बताउनुभयो । सबैको साथ सहयोगले विकास र सेवा प्रवाहमा हिमालाई जिल्लाकै नमुना पालिका बनाइने उहाँको भनाई छ ।
बुधवार हिमा गाउँपालिका वडा नं. ७ को नव निर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष शाहीले भन्नुभयो,“गाउँमा ठडिएका भौतिक सिंहदरबारले सेवामा पनि सिंहदरबार झल्काउनु पर्छ । पूर्वाधार विकास र सेवा प्रवाह शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना पालिका हिमा बनाउने अभियानमा छौ । निःशुल्क स्वास्थ्य शिक्षा र आवश्यकता मुखी विकासमालाई अघि बढाउँछौ । सबैको साथको खाँचो छ ।”
नमुना र समृद्ध हिमा बनाउन र आम नागरिकलाई सङ्घीयताको महसुस दिलाउन आफ्ना चुनावी घोषणा पत्रको अक्षरंश पालना समेत गर्ने प्रतिबद्धता गर्नुभयो ।

सिंहदरबारको अधिकार गाउँगाउँ, घरघर र टोल टोलमा ल्याउन लागू भएको सङ्घीयता कार्यान्वयनले गति लिँदै गएकोले यसलाई थप सुदृढीकरण गर्ने अभिभारालाई कुशलतापूर्वक कुनै पूर्बाग्राहि नराखी काम गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।
हिमा सरकारले निःशुल्क एम्बुलेन्स सेवा र शिक्षामा आमूल परिवर्तन ल्याउन बजेटमा पहिलो प्राथमिकता दिएको समेत बताउनुभयो । भने आगामी साउनबाट हिमा प्रत्येक नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सेवा लिन पाउने जारकारी दिनुभयो ।
संरचनाको दिगो संरक्षण तथा प्रर्बधनमा नागरिकले सहयोग गर्नुपर्नेमा उपाध्यक्ष सुर्पना शाहीले जोड दिनुभयो । वडामा सेवा पाए नपाएको विषयमा विकासमा अनियमितता नभएको सवालमा पालिकामा सुझाव दिन समेत आग्रह गर्नुभयो ।
वडा नं. ७ को भवन पालिकाको १ करोड ५६ लाख लागतमा (आर एन वि विल्डस्) निर्माण कम्पनीले भवन निर्माण गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण पश्चात् ७ नम्बर वडावासी छिटो सेवा पाउने छन् । भवन बनाउन ४ जना जग्गा धनीले जगा दिएका थिए उनीलाई बुधवार सम्मान गरिएको छ । जसमा जग्गा धनी (जौला शाही, ऐन बहादुर शाही, गंग बहादुर शाही र सविता शाही) लाई सम्मान गरिएको हो ।

वडा नं. ७ का वडाध्यक्ष विक्रम बहादुर शाहीले सिंह दरबारको अधिकार गाउँ गाउँ,घरघर र टोल टोलमा पुराउन लागु भएको सङ्घीयता कार्यान्वयनले गति लिँदै गएको उल्लेख गर्नुभयो । त्यसको उदाहरण हिमाका गाउँमा गाउँमा ठडिएका सिंहदरबार (नमुना भवन)हरू पनि हुन् । अब सेवा प्रवाहमा सिंहदरबार झल्काउने बेला आएकोले नागरिकको सेवामा हिमा तैनाथ रहेको उहाँको भनाई छ ।
तर जुम्लाको हिमा गाउँपालिकाका ७ वटा वडामध्ये ४ वटा वडामा सुविधा सम्पन्न भवन निर्माण भएका छन् । दुर्गम गाउँका नागरिकलाई सहज, सरल छिटो र छरितो सेवा प्रवाह गर्न पालिकाले ४ वटा वडामा नयाँ पक्की भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ । भने, वडा नं.१,५ र ६ का कार्यालय गाविस भवनमा सञ्चालित छन् ।
गाउँपालिकाको प्रशासकीय भवन ढिलोमा पाँच वर्ष र वडा १, ५ र ६ को वडा भवन ढिलोमा २ वर्षमा निर्माण गरी सक्ने अध्यक्ष शाहीले दाबी गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्