तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

ओटावा। क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।

एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ। मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button