कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने भएको छ ।
हिजो देखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने छ ।
हिजोको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेश गरिएको छ ।
बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत सरकारको काम कारबाईका विषयमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्