बालकोटमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । ओलीलाई भेट्न लिउ मंगलबार बिहान ओली निवास बालकोट पुग्नुभएको हो ।
भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली लगायतका नेताहरूसमेत सहभागी हुनुहुन्छ । यसैगरी भेटवार्तामा उषा किरण भण्डारी , अञ्जन शाक्य तथा कृशा केसी पनि सहभागी हुनुहुन्छ ।

आइतबार काठमाडौं आउनुभएका जियान्चाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा‚ परराष्ट्रमन्त्री नारायण खड्का‚ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट भेटवार्ता गरिसक्नु भएको छ ।
उहाँ बुधबार बेइजिङ फर्कने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्