इजिप्ट र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूतमा लम्साल र रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुनिलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधिमा भरतकुमार रेग्मीलाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूतमा र रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिको छ ।








प्रतिक्रिया राख्नुहोस्