ऋषिङ गाउँपालिकाद्वारा गाउँका १६ जना बुहारीलाई सम्मान

ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकाले गाउँका १६ जना बुहारीलाई सम्मान गरेको छ ।
गाउँ र समाजमा राम्रो आचरण देखाउने बुहारीलाई गाउँपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाको १२ गाउँसभा तथा बजेट सार्वजनिक समारोहमा उनीहरूलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले जानकारी दिनुभयो ।
उहाँले सत्कर्म गर्न र राम्रो आचरणप्रति प्रोत्साहन गर्न बुहारी सम्मान कार्यक्रम राखिएको बताउनुभयो ।
गाउँ सभाको अवसरमा ३२ एकल पुरुष र ६४ ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो ।
गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका राजेन्द्रकृष्ण श्रेष्ठले यसअघि समेत विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आउनुभएको थियो ।
अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा रित्तिँदै गएको गाउँ सुधार गर्ने गाउँ फर्क अभियान सञ्चालन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्