तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको डिलाशैनीस्थित चौँसेरामा खानेपानीको ७५ वटा धारा निर्माण

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा न.६ स्थित चौँसेरा टोलमा खानेपानी आयोजना निर्माण भएपछि केही हदसम्म खानेपानीको समस्या टरेको छ । 

गत आर्थिक वर्षमा गाउँपालिकाले ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनासँगको साझेदारीमा योजना निर्माण गरेसँगै खानेपानीको समस्या समाधान भएको हो । 

चौँसेरा टोलमा यसअघि खानेपानीको हाहाकार हुँदा दुई किलोमिटर तल रहेको चौलानी नदी किनारबाट पानी बोक्नुपर्ने बाध्यता थियो । 

अहिले खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएसँगै धेरै हदसम्म खानेपानी समस्या समाधान भएको स्थानीय कृष्ण नाथले बताउनुभयो । 

खानेपानी निर्माणका लागि योजना प्राप्त भएपछि मुहान जोखेर खानेपानी आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष राम नाथ ‘तुफान’ले बताउनुभयो । 

उक्त टोलमा १०३ धारा बनाउने योजना भएपनि अहिले ७५ धारा निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । अन्य धारा निर्माणका लागि योजना पाइएमा धारा थप गरिने उहाँको भनाई छ । 

जिल्लाकै दोस्रो ठुलो सहरमा छैन खानेपानी, मुखैमा बग्छ चौलानी 
महाकाली राजमार्ग छेउमा अवस्थित दार्चुलाको गोकुलेश्वर बजारमा खानेपानी अव्यवस्थित हुँदा समस्या भएको छ । 

जिल्लाकै दोस्रो ठुलो सहरका रुपमा रहेको गाकुलेश्वरमा सरकारी योजना नहुँदा व्यक्तिगत पाइपबाट पानी ल्याइएको छ । गाकुलेश्वरमा दुई दर्जनभन्दा बढी व्यापारीले निजी पानी ल्याएर वितरण गरिरहेको व्यापारी मोहन भण्डारीले बताउनुभयो । आफूले तीन किलोमिटरको पाइपबाट पानी ल्याएको उहाँले बताउनुभयो ।

डिग्री कलेज, सरकारी तथा बोडिङ स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्था, डाक्टर सहितको अस्पताल, एयरपोर्ट, शैल्यसिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालयहरू रहेको बजारमा खानेपानीको समस्या रहेको छ । 

सरकारी निकाय भने पानीको व्यवस्थापन गर्ने विषयमा मौन रहेको स्थानीयवासी बत्ताउँछन् । शैल्यसिखर नगरपालिकाले पानीका लागि आगामी आर्थिक वर्षमा योजना बनाउने बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button