तपाईँ सुन्दै हुनुहुन्छः

असारे भाकाको संरक्षणमा जोड

गण्डकी। पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् । सिर्जना र असार समूह साहित्य शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्तामाझ पु¥याउनुपर्नेमा जोड दिइयो ।

पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताउनुभयो । उक्त अवसरमा उहाँले असारे भाकाका गीत प्रस्तुत गर्नुभएको थियो ।

सिर्जना र असार समूह साहित्य श्रंखला पोखराका संयोजक स्ट्रगल रानाले असारे भाकाको संरक्षणका लागि प्रयास गरिएको बताउनुभयो । कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, बसन्धरी भुवाईको समूह, संगम सांस्कृतिक समूह, शिब अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाट लगायतका स्रष्टाले रचना वाचन गर्दै आआफ्ना प्रस्तुति राख्नुभएको थियो ।

सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, काजी गाउँले, संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ्ग, स्थानीय धनबहादुर भुजेल, हेमबहादुर थापा किरण लगायतले असारे भाकाको मौलिकता जोगाउनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button