उदयपुरमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै
उदयपुर । उदयपुरमा जुलाई १६ अर्थात् असार ३२ गते कोरा साइक्लिङ च्यालेन्ज–२०२२ हुने भएको छ ।
उदयपुर जिल्ला साइक्लिङ सङ्घले चौथो संस्करणको क्रममा कोरा च्यालेन्ज गर्न लागेको संघका अध्यक्ष जितेन्द्र रोईलाले बताउनुभयो ।
अध्यक्ष रोइलाका अनुसार कोराले पर्यटकीय सम्भावनाको खोजी, प्रचार प्रसारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।
कोरा साइक्लिङ च्यालेन्ज ५० किलोमिटरको यात्रा तय भएको छ । गाईघाटदेखि सुरु गरी जलजले–चुहाडे–मुर्कुची–सुकौरा–भान्टाबारी–राजाबास हुँदै गाईघाटमै आइपुगेर कोरा टुङ्गिनेछ ।
कोरामा त्रियुगाबाहेक चौदण्डिगढी र धरानसम्मको साईक्लिष्टहरुसहित ५५/६० जना सहभागी हुने छन् ।
२०११ मा ३५ जनाले सुरु भएको कोरा च्यालेन्ज देशमा १२ औँ हो भने उदयपुरमा चौथो हुन लागेको हो ।
३५ साईक्लिष्टबाट सुरुको यो यात्रा सात हजारमा पुगिसकेपछि पछिल्लो समयमा जो जहाँ छ त्यहीबाट कोरा च्यालेन्ज गर्न थालिएको अध्यक्ष रोईलाले जानकारी दिनुभयो ।
उदयपुरमा साइक्लिङको सम्भावना राम्रो रहेको र साइक्लिङ पर्यटनको रुपमा विकास हुँदै गएको उहाँले बताउनुभयो ।
साइक्लिङले स्वास्थ्य जीवनशैलीलाई प्रवद्र्धन गर्ने, जलवायु परिवर्तन लड्नका लागि समाधानहरू प्रदर्शन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
उदयपुरको कोरा च्यालेन्जलाई नगरपालिका लगायतका निकायहरूको पनि सहयोग रहेको आयोजकले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्