तपाईँ सुन्दै हुनुहुन्छः

राज्यमन्त्री केसीद्वारा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा राज्य मन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले अस्पतालले आम नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउँदै बिरामीहरूको मन जित्नुपर्ने बताउनुभयो । राज्य मन्त्री केसीले अस्पतालको प्रशासनिक भवन बनाउन बजेट व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

सो अवसरमा अस्पताल प्रशासनले राज्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा अस्पतालमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गरिएको छ । अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापन आवश्यक भएको, अस्पताललाई आवश्यक मेशिनरी औजारहरूको लागि उचित बजेट व्यवस्थापन गर्न माग गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button