तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक बस्दै : यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको  छ ।

संघीय संसद् सचिवालयलेका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले‘‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷२०७८’ पेस गर्नुहुने कार्यसूची छ ।  आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजकै बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यसैगरी आजको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजकै बैठकमा मन्त्री चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । 

यसैगरी आजको बेठमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले  ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्नुहुने कार्यसूची  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button