तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय महावाणिज्य दूतावासद्वारा अत्याधुनिक एम्बुलेन्स प्रदान

वीरगञ्ज । भारतीय महावाणिज्य दूतावासले वीरगञ्जको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरलाई आज एक कार्यक्रमबिच अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।

चिकित्सक सहितको टोली टोल टोलमा पुगेर आम नागरिकलाई मोबाइल उपचार सेवा पुर्‍याउन सक्ने क्षमताको अत्याधुनिक एम्बुलेन्स वाणिज्य दूतावासले ग्रिन सिटी सामुदायिक केन्द्रलाई प्रदान गरेको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

वीरगञ्जको आदर्शनगर क्षेत्रमा वृक्षारोपण गरी हरियाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको ग्रिन सिटी सामुदायिक केन्द्रले कोभिड–१९ को समयमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी सङ्क्रमितहरूको सेवामा निरन्तर खटेको, लकडाउनको समयमा पनि नेपालमा नपाइने औषधी भारतबाट मगाई वीरगञ्ज तथा बारा, पर्साका बासिन्दालाई उपलब्ध गराई हजारौँको ज्यान बचाएको नाकाबन्दीमा अलपत्र परेका नेपाल अधिराज्यभरिका हजारौँ भारतीय नागरिकलाई स्वदेश फिर्ता गर्न आवश्यक व्यवस्था मिलाएको कामबाट प्रभावित भई भारतीय महावाणिज्य दूतावासले केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको जनाइएको छ ।

वाणिज्य दूतावासले प्रदान गरेको एम्बुलेन्सले आफूलाई समाज सेवामा लाग्न थप प्रेरणा मिलेको बताउँदै अब यसको सही सदुपयोग गर्दै वीरगञ्ज तथा पर्सा जिल्लाको टोल टोलमा घुम्ती स्वास्थ्य शिविरको आयोजना गरिने समेत अध्यक्ष खेतानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button