तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको ८३ लाख बढी रकमसहित दुई पक्राउ

जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले स्रोत नखुलेको ८३ लाख बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नंं ५ उदाह बस्ने वर्ष ३६ का ईश्वर मण्डल र सोही ठाउँका वर्ष १९ राजेश मण्डल छन् ।

भारतबाट मोटरसाइकलमा आइरहेका उनीहरूलाई तलासी गर्दा श्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले जनाएको छ ।

नेपाल भारत सिमानामा पर्ने जनकनन्दनी गाउँपालिका–१, ईनर्वा चेक प्वाइन्टको सिमानामा चेक जाँच गर्दा आलुको बोरामा ल्याउँदै गरेको अवस्थामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूलाई रकम तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइने सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

पक्राउ पर्नेहरू हुन्डी कारोबारीका व्यक्ति हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button