तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक भारतीय नागरिकको मृत्यु एक बेपत्ता

पाल्पा।पाल्पाको तिनाउ खोलाले बगाउँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन् सिद्धबाबा मन्दिर दर्शन गरेर खोलामा पौडी खेल्न गएका दुईजनालाई नै खोलाले बगाएको प्रहरीले जनाएको छ ।

भारत युपि दोहोरिया गोरखपुर बस्ने नन्द कुमार निसाद र शनिकुमारलाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका दुवै जनाको खोजी गर्दा निसाद बुटवल १९ लाफा चौरमा मृत अवस्थामा फेला परेको तथा शनिकुमार अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिनुभयो ।

भारतबाट ६० जनाको सङ्ख्यामा टोली दर्शन गर्न आएकामा उनीहरू झोलुङ्गे पुल नजिकै खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button