तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश  

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीसमक्ष नेपालकारलागि मित्रराष्ट्र भारतका आवासीय राजदूत नवीन श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि मित्रराष्ट्र भारतका आवासीय राजदूत श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button