तपाईँ सुन्दै हुनुहुन्छः

झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

झापा । झापा क्षेत्रमा सोमबार रातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button