एसपीपी अघि नबढाउने सरकारको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त राज्य अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउन नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सङ्घीय संसद् राष्ट्रिय सभामा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले एसपीपी अघि नबढाउन सरकारले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठक सङ्ख्या १०/०७९ को निर्णय अनुसार चलानी नम्बर म बै /३२१/७०७९ मा पत्र पठाइएको हो । पत्रको बोधार्थ तथा कार्यार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयका सचिवलाई पनि दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्