तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

टोकियो । जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरूका अनुसार यहाँ प्रत्येक दिन जसो बढीभन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । 

अधिकारीहरूले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरूका अनुसार यहाँको तातो हावा र गर्मीका कारण ऊर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । 

बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेष गरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ । 

यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ । 

यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र  मौसमबाट बच्न सक्ने उपायहरू अपनाउन सूचना पनि जारी गरेको छ । 

जापानको मन्त्रिपरिषद्का प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणहरूलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि आग्रह गरिएको जानकारी सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा दिनुभएको समाचारमा जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button