तपाईँ सुन्दै हुनुहुन्छः

थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । 

आज देशैभरि कोरोनाबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

३ हजार ३ सय ५८ नमुनाको परिक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा केही समय स्थिर भएको संक्रमणदर फेरि उकालो लागेको हो । 

देशभरि २ सय ८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button