जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
सप्तरी । सप्तरीमा जिपको ठक्करबाट गए राती पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा बा १८ च ९३९० नम्बरको जिप पछाडि सार्ने क्रममा रामलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिप र चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्