तपाईँ सुन्दै हुनुहुन्छः

रामेछाप-काठमाडौँ पत्रकार समाजको अध्यक्षमा गुरुङ

काठमाडौँ । रामेछाप-काठमाडौँ पत्रकार समाजको अध्यक्षमा दीपेन्द्र गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत घोषणा गरिएका छ । 

कार्यसमितिको उपाध्यक्षमा यसिमा महत, महासचिवमा प्रज्वल पौडेल, सचिवमा एलिना कार्की, कोषाध्यक्षमा दुर्गा खड्का सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा घनश्याम श्रेष्ठ, सुवास सुनुवार, पवन बराइली, राजकुमार खाती रहेका छन्।

समाजको दोस्रो अधिवेशन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङको प्रमुख अतिथि, वरिष्ठ पत्रकार तथा नेपाल प्रेसका कार्यकारी सम्पादक मातृका पौडेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माधव पौडेल, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अध्यक्ष सूर्य सुवेदी र वरिष्ठ पत्रकार रमिता तामाङको आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको हो ।

अधिवेशनको अवसरमा समाजले नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यद्वय माधव पौडेल, ज्ञानप्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष सूर्य सुवेदी र समाजसेवी सोनाम गेल्बु शेर्पालाई सम्मान प्रदान गरिएको थियो ।

समाज रामेछापबाट काठमाडौँ उपत्यकामा आएर पत्रकारितामा संलग्न व्यावसायिक पत्रकारहरूको साझा संस्था हो । २०७३ साल असोज १ गतेका भेलाले मधुसुदन रायमाझीको अध्यक्षतामा समाज गठनको भएको थियो । २०७६ मा भएको समाजको पहिलो अधिवेशनले प्रेम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो ।

समाज २०७४ पुस २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button