नाग्दी खोलामा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
मुग्लिन नजिकै नाग्दी खोलामा आज (आइतबार) मध्यान्ह १२ः१० बजे पहिरो खसेको होजिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
हाल सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य सुरु भएको छ । सडक सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्