१३ किलो गाँजासहित एक जना पक्राउ

बारा । बारामा १३ किलोग्राम अवैध लागू औषधसहित एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर, बकैया गाउँपालिका वडा न.३ बस्ने वर्ष ३१ को लालकाजी घिसिङ रहेको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढबाट खटिइएको ट्राफिक प्रहरी टोलीले निजगढ नगरपालिका वडा नं. १ धन्सारपुल नजिकै पूर्व पश्चिम राजमार्ग सड्क खण्डमा सवारी साधनहरू चेकजाँच गरिरहेको अवस्थामा पश्चिमतर्फबाट आएको प्रदेश ३–२–०१०प ३४९३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।
चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सवार नाम थर, वतन नखुलेका बर्ष अन्दाजी.२८÷३० की महिला पिठियूमा बोकेको झोला सोही स्थानमा फाली जङ्गलतर्फ भागी फरार भएको र चालक जिल्ला मकवानपुर, बकैया गाउँपालिका वडा न.३ बस्ने लालकाजी घिसिङले काँधमा भिरेको रातो रङ्गको कपडाको झोला तथा महिलाले फालेको झोला खोली हेर्दा दुवै झोलामा अवैध लागू औषध गाँजा १३ किलोग्राम फेला परेको उहाँले बताउनुभयो ।
पक्राउ परेका लालकाजी घिसिङलाई लागू औषध गाँजा मुद्दामा बारा जिल्ला अदालत कलैयाबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेका उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्