चितवनमा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता
चितवन । चितवनमा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २ का २४ वर्षीय राम रिजाल बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान साँढे १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १, बागेश्वरीस्थित जमेको पोखरीको पानीमा बल्छी हानी माछा मार्ने क्रममा बल्छी अड्किएपछि उक्त बल्छी निकाल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन सहितको प्रहरी उद्धार टोली खोजी कार्य गरिरहेको छ ।
हालसम्म पनि उनी फेला नपरेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्