न्यायाधीश कोइराला र अधिवक्ता पोख्रेलबीच भएको अडियो वार्ताका सम्बन्धमा बारको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । नेपाल बार एसोसिएसनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेलबीच भएको अडियो वार्ताका सम्बन्धमा बारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र अधिवक्ता पोख्रेलबीच भएको मोलमोलाइको अडियो बाहिरिएपछि नेपाल बारले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल बार एसोसिएसनले नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल बारले संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि निरन्तर क्रियाशील रहेको स्मरण गराउँदै सत्य तथ्य छानबिन गरी कसुरदारलाई कानुनी दायरामा ल्याउन समेत माग गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्