तपाईँ सुन्दै हुनुहुन्छः

ठेक्का अनुसार सडक नबनाएको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

अछाम । अछामको साँफेबगर नगरपालिका–१० घुघुरकोटमा स्थानीयले सडक अवरोध गरेका छन् । 

मापदण्डअनुसार सडक नबनाएको भन्दै सेती लोकमार्गको दक्षिण खण्ड संग्रामतोलीमा पर्ने सडक बन्द गरेका हुन ।

घुघुरकोटको जिरो प्वाइन्ट अमरखेतदेखि पदाडा टोल सम्मको ५ कि.मि. सडकको कामको ठेक्का भई काम सुरु भए पनि काम गर्ने ठेकेदारको लापरबाहीका कारण वडा कार्यालय सम्म करिब दुई किलोमिटर सडक मात्रै विस्तार गरेकाले स्थानीय बासीले सडक अवरोध गरेका हुन् ।

उक्त सडकको हित्वाडा संग्रामतोली, पदाडा टोलसम्म सडक विस्तारको साथै तार जाली सहितको सडक विस्तारको काम गरी दिनका लागि स्थानीय तहको सिफारिसका साथै सडक कार्यालय साँफेबगरलाई पटक पटक अनुरोध गरिएको स्थानीय एकेन्द्र महताले बताउनुभयो । 

अनुरोध गर्दा समेत आश्वासन मात्र दिएकाले र सडकको काम अगाडी बढाउन आनाकानी गरेको भन्दै स्थानीय वासीले सडक अवरुद्ध गर्नुपरेको बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button