सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु
सप्तरी । सप्तरीमा पानी तान्ने मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको राजविराज नगरपालिका–९ विहारपुरकी ३० वर्षीया रुमी खातुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्