तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘सांस्कृतिक सहर: समृद्ध महानगर’ नारा दिएर काठमाडौँ महानगरको नीति तथा कार्यक्रम ११ औँ नगर सभाको पहिलो बैठकमा सार्वजनिक गर्नुभएको हो ।

प्रमुख शाहले काठमाडौँलाई व्यवस्थित गर्ने, पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने, ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रम मार्फत जोड दिनुभएको छ ।

यस्तै काठमाडौँको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौँ ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङ स्थल बनाउने गरी सम्भाव्यता अध्ययन गर्ने, काठमाडौँको फोहोर मैला व्यवस्थापनको दिगो र व्यवस्थित उपायको खोजी गरिने नीति तथा कार्यक्रममा जोड दिएको छ ।

काठमाडौँ महानगरपालिकाले यही नीति तथा कार्यक्रम अनुसार असार १० गते बजेट ल्याउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button