महिलाद्वारा धर्मशाला निर्माणका लागि जग्गा दान
बारा । बारामा एक महिलाले धर्मशाला निर्माणका लागि ११ धुर जग्गा दान गर्नुभएको छ ।

कलैया उपमहानगरपालिका–१४ बघवन टोलमा धर्मशाला निर्माणका लागि समाजसेवी बिर्जा पति देवीले वडा कार्यालय नजिकै ११ धुर जग्गा दान गर्नुभएको हो । उहाँले कलैया उपमहानगरपालिकाको नाममा जग्गा नामसारी गरेको स्थानीय उपेन्द्र प्रसाद जयसवालले बताउनुभयो ।
आजै प्रदेश सांसद पारस साहले एक कार्यक्रमबिच धर्मशाला निर्माणको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियोजित २० लाखको लागतमा धर्मशालाको निर्माण हुन लागेको हो ।







प्रतिक्रिया राख्नुहोस्