मन्त्री आलेद्वारा प्रसिद्ध शक्ति पीठ बडिकेदारको पदमार्ग शिलान्यास
डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले प्रसिद्ध शक्ति पीठ बडिकेदारको पदमार्ग शिलान्यास गर्नुभएको छ ।
उहाँले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्ति पीठ एवं धार्मिक पर्यटकीय स्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गर्नुभएको हो ।
उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गर्नुभएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।
रासस







प्रतिक्रिया राख्नुहोस्