इनरुवा नगरपालिकाका नवनिर्वाचितहरूलाई सम्मान
सुनसरी । सुनसरीको इनरुवा–५ बलाहामा करुणा समाजको आयोजनामा मासिक स्वास्थ्य शिविर तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
करुणा समाजका अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षतामा इनरुवा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई एक कार्यक्रमबिच सम्मान गरिएको हो ।

इनरुवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनीता कुमारी मेहता, १ नम्बर वडा अध्यक्ष प्रमोद पोखरेल, ५ नम्बर वडा अध्यक्ष अनिल पोखरेल, ६ नम्बर वडा अध्यक्ष सुमन थापा, ८ का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरूलाई सम्मान गरियो ।
सम्मानितहरूलाई करुणा समाजका अध्यक्ष माधव प्रसाद पोखरेल, समाजका गीता पोखरेल, गोविन्द पोखरेल, अच्युत खतिवडा, राजकुमार न्यौपाने, एकराज खनाल सहितले फुलमाला, अबिर, खादा, सम्मानपत्र, मायाको चिनो र एउटा एउटा बिरुवा दिएर सम्मान गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्