पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
पाँचथर । पाँचथर जिल्लाको हिलिहाँङ गाउँपालिका–७ अन्तर्गत मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हिलिहाङ–४ का ३६ वर्षीय रमेश योङया रहेको प्रहरीले जनाएको छ ।
योङयालाई शुक्रवार बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
योङया बिहीबार बेलुका ५ बजे पल्सर मोटरसाइकलमा घरबाट सदरमुकाम फिदिम हिँडेका बताइएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्