कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक

काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।
सपोर्टर क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताउनुभएको हो । “प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, यो असत्य कुरा हो,”– नेता लेखकले भन्नुभयो ।
उहाँले वर्तमान सरकारले देशको वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानको व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । सरकारले एसपिपी सम्झौताबारे के भइरहेको छ भन्ने बारेमा जनतामाझ ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
नेता लेखकले आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीति निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने गरेको उल्लेख गर्नुभयो । सबै देशसँग काँग्रेसले मित्रवत् र सन्तुलित सम्बन्ध कायम गर्दै आएको उहाँको भनाइ थियो । लेखकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्वाभाविक भएकाले यसबारे अनावश्यक टीकाटिप्पणी गर्न नहुने बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्