तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–७ त्रिवेणी चोकबाट प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीको टोलीले धनकुटा नगरपालिका–७ बस्ने २० वर्षीय अभिषेक लावती, २३ वर्षीय कृष्ण कुमार लिम्बू र २१ वर्षीय सुन्दर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले आशङ्कामा उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा लावती सुत्ने कोठाबाट लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले लावतीको कोठाबाट कालो रङ्गको झोला भित्र रहेको सेतो पारदर्शी प्लास्टिकको बट्टा भित्र अवैध लागु औषध बरामद गरेको हो । प्रहरीले डाईजेल्याव १३ एम्पुल, लुपिजेसिक १३ एम्पुल, एभिल १३ एम्पुल, फेनारगन १३ एम्पुल र सिरिन्ज ५ थान र ३०० ग्राम गाँजा सहित तीनै जनालाई नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रवक्ता  डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जना विरुद्ध जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button