५१ जना छात्राहरूलाई महागढीमाई नगरपालिकाद्वारा साइकल वितरण

बारा । महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बुधवार ५१ जना छात्राहरूलाई एक कार्यक्रमका बीच साइकल वितरण गर्नुभएको छ । महागढीमाई नगरपालिका ५ मा रहेको श्री जनता मावि कवहिमा अध्ययनरत ५१ छात्राहरूलाई साइकल वितरण गर्नुभएको हो ।
छोरीलाई शिक्षामा अग्रसर गराउने उद्देश्यले साइकल वितरणलाई प्राथमिकतामा राखेको मेयर यादवले बताउनुभयो । तराई मधेसका जिल्लाहरूमा छोरीहरू माथि अहिले पनि विभेद खेप्नु परेको हुँदा सो विभेदबाट पार लगाउन र शिक्षा प्रति आकर्षित बनाउनमा पनि साइकल प्रभावकारी हुने मेयर यादवको बुझाई रहेको छ ।
शिक्षामा राजनीतिक सह्य नहुने बताउँदै मेयर यादवले दत्तचित्त भई पठनपाठन गराउन सबैलाई निर्देशन दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अंगद पाण्डेकाे अध्यक्षतामा वितरण कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र प्रसाद जयसवाल, १ का अध्यक्ष मनोज गुप्ता, ११ का अध्यक्ष अरबिन्दबन्ठा, वडा सदस्यहरु, नगरका बुद्धिजीवी शिक्षाप्रेमी, अभिभावक, नगरवासी सहितको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्