तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा ६२ जनाको कानको निःशुल्क शल्यक्रिया

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा ६२ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

ईम्पेक्ट नेपालको प्राविधिक सहयोगमा महाकाली अस्पतालको व्यवस्थापनमा कानका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले आयोजना गरेको निःशुल्क शल्यक्रिया शिविरमा ३ सय ५० जना चेकजाँचको लागि आएकोमा ६२ जनाको शल्यक्रिया गरेको बताउनुभयो ।

शिविरमा बढीजसो कानको जाली र कान पाक्ने समस्या भएका बिरामीहरू आएका थिए । कानको समस्याबाट बच्न कानमा पानी र तेल नहाल्ने, कान नकोट्याउने र रुघाखोकी लागे समयमै उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button