तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामा बजेट वृद्धि भएको छ : मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षको भन्दा केही वृद्धि भएको बताउनुभयो । 

आगामी तीन वर्षभित्र सबै सामुदायिक विद्यालयको पूर्वाधार विकास गरिसक्ने, भूकम्पबाट भत्किएका विद्यालय भवनको पुन निर्माण सम्पन्न गरिसक्ने, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्नेलगायतका गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शिक्षालाई रोजगारमूलक र व्यावसायिक बनाउनतिर बजेटले ध्यान दिएको मन्त्री पौडेलले बताउनुभयो । 

बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाउनुभएका प्रश्नको विभिन्न मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button