तनहुँको चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु
दमौली । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरूको ज्यान गएको हो ।
मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए । रासस







प्रतिक्रिया राख्नुहोस्