तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

विपरीत दिशाबाट आइरहेका दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल कोहलपुर नगरपालिका–२ मनकामना चोकमा एक आपसमा ठोक्किँदा लु ८४ प १६१७ नम्बरको मोटरसाइकलका चालक सानोश्री बर्दियाका ४१ वर्षका सूर्यप्रकाश ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ओलीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button