तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–७ अवस्थित भलुवा खेल मैदानमा आठौँ भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले शनिवार आठौँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गच्छदारले  २१ करोड लागतमा सुविधा सम्पन्न दुहबी रङ्गशालाको ६० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । 

उहाँले दुहबीमा खेलाडीहरूलाई व्यावसायिक बनाउन फुटबल एकेडेमीको समेत अवधारणा लिइसकेको जानकारी दिनुभयो ।

शनिवार भएको पहिलो प्रि–क्वाटर फाइनल खेलमा एवाइसी गढी सुनसरीले प्रदेश नम्बर १ नेपाल पुलिस क्लब मोरङलाई ६–० गोलको फराकिलो अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शनिवारको खेलमा उत्कृष्ट खेलाडी एवाइसी गढीका जर्सी नम्बर ७ का मेक्सवेल घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले ५ हजार नगद तथा ट्रफि प्रदान गर्नुभयो  । 

आजको दोस्रो प्रि–क्वाटर फाइनल खेल पथरी रिपोर्टिङ क्लब मोरङ र संयुक्त युवा क्लब दुहबीका बिच हुने आयोजक क्वलका अध्यक्ष पशुपति कुमार सरदारले जानकारी दिएको छ ।

खेलमा १० वटा टिम सहभागी रहेका छन् । जस्मा एवासी सुनसरी, १ नं.प्रदेश नेपाल पुलिस क्लब विराटनगर मोरङ, गोल्डेन स्टार यूथ क्लब दुहबी, पेमा यूथ क्लब मोरङ, एभिनियर फुटबल क्लब क्यामरुन, पथरी रिपोर्टिङ क्लब मोरङ, संयुक्त युवा क्लब दुहबी सुनसरी, बिरगंज यूनाइटेड बारा पर्सा, रारा फुटबल क्लब राजारानी धनकुटा र चर्च ब्वाइज क्लब काठमाडौँ सहभागी रहेका छन् ।

खेलको प्रथम विजेताले नगद रु ३ लाख र शिल्ड र प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछ भने उप विजेताले नगद रु १ लाख ५० हजार रुपैया शिल्ड र प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । 

शनिवारदेखि सुरु भएको खेल असार ६ गतेसम्म सञ्चालन हुने र खेलको अनुमानित लागत रु ४१ लाख ५० हजार रहेको आयोजकले जनाएको छ  ।

उक्त प्रतियोगिता अवधिभर प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार तथा उत्कृष्ट गोलरक्षक ५ हजार, डिफेन्स ५ हजार, मिल्डफिल्डर ५ हजार, स्ट्राइकर ५ हजार  रुपैयाँ नगद पुरस्कार पाउने जानकारी छन्  ।

गोल्डेन स्टार यूथ क्लबको आयोजना र दुहबी नगरपालिकाको संयोजनमा हुने खेललाई जिल्ला फुटबल सङ्घ सुनसरीले प्राविधिक सहयोग गरेको आयोजक गोल्डेन स्टार यूथ क्लब भलुवाका अध्यक्ष सरदारले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button