तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट बन्दीपुरमा दुई जना घाइते

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको दुई ठाउँमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

बन्दीपुर गाउँपालिका वडा नं १ बाघदले शिखर डाँडा बस्ने ३४ वर्षीय हिमलाल बरायान्जा मगर (माइला) लाई गएराति २ः३० बजे आफ्नै घरको पीढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा सामान्य घाइते भएको बन्दीपुर–१ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अहिले मोती मेडिकल हल डुम्रेमा उपचार भइरहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हिजो शनिबार बन्दीपुर ४ टावरमा साँझ ८ः३० बजे घरमै बसी रहेको अवस्थामा आठ वर्षीया बालिका रियाना थापालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

दुई ठाउँ नजिकै रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साँझको समयमा सतर्क रहन समेत स्थानीयलाई उहाँले अनुरोध गर्नु भएको छ ।

सो क्षेत्रमा खोर बनाई चितुवालाई पासो पार्ने योजना बनाइएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख काफ्ले बताउनुभयो ।

डिभिजन वन कार्यालय तनहुँले चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button