तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन गरेर काँग्रेसलाई घाटा छैन  :  प्रदीप पौडेल 

तनहुँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलेले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्दा काँग्रेसलाई फाइदा भएको दाबी गर्नुभएको छ । 

तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधीहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले गठबन्धन गरेर काँग्रेस धेरै स्थानमा जित निकाल्न सफल भएको बताउनुभयो । 

उहाँले जिल्लामा काँग्रेसको गढ मानिएको केही स्थानमा अपेक्षा अनुसारको नजिता नआउनुमा एक्लै चुनाव लड्दाको परिणाम भएको बताउनुभयो । 

एक्ला एक्लै चुनाव लडे काँग्रेसले बहुमत ल्याउने तर माओवादी सहितको अन्य साना दलले विपक्षीलाई साथ दिए काँग्रेसलाई समस्या हुने पौडेलको भनाई थियो ।

उहाँले तनहुँमा काँग्रेस निराश हुनुपर्ने अवस्थामा नरहेको भन्नुहुँदै स्थानीय तह निर्वाचनमा उम्मेदवारको व्यक्तित्वका कारण पनि हार भएको बताउनुभयो ।

उहाँले पार्टीले प्रभाव रहेको व्यक्तिलाई टिकट दिनुपर्नेमा जोड दिनुभयो । उहाँले  सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको अवस्थालाई सुधार गरेर तयारीमा जुट्न आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button