जिसस भोजपुरको प्रमुखमा थुलुङ निर्वाचित
भोजपुर। जिल्ला समन्वय समिति भोजपुरको प्रमुखमा भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका कमल थुलुङ राई निर्वाचित हुनुभएको छ । शनिवार भएको निर्वाचनमा थुलुङ समन्वय समिति प्रमुखमा निर्वाचित हुनुभएको हो ।

गठबन्धन दलका तर्फबाट थुलुङ र एमालेका तर्फबाट विष्णु कुमार राईको प्रमुखमा उम्मेदवारी परेको थियो । उपप्रमुखमा गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रबाट अनिशा खड्का निर्वाचित हुनुभयो भने अन्य सदस्य पदमा पनि गठबन्धनबाट नै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।
समन्वय समिति सदस्यमा लादिकी शेर्पा, गोमादेबी राई, जीवन किराँती, चन्द्रकुमार राई, दीर्घकुमारी कार्की, विनोद मगर र राधिका तामाङ गठबन्धन दलका तर्फबाट निर्वाचित हुनुभएको छ । समन्वय समितिका लागि एमालेका तर्फबाट पनि सबै पदमा उम्मेदवारी परेको थियो ।
जिससका लागि जम्मा ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ मध्ये १७ जनाले मतदान गर्नुभयो । जिल्लाको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ भने मतदानमा अनुपस्थित हुनुभयो ।







प्रतिक्रिया राख्नुहोस्