तपाईँ सुन्दै हुनुहुन्छः

वृद्धलाई खुकुरी प्रहार गर्ने पक्राउ

भोजपुर । भोजपुर प्रहरीले एक वृद्धालाई खुकुरी प्रहार गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । जेठ २५ गते राती जिल्लाको रामप्रसादराई गाउँपालिका वडा नम्बर ४ दलगाउँका ७८ वर्षीय तेज बहादुर भुजेललाई उनकै घरमा खुकुरी प्रहार गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा रामप्रसादराई गाउँपालिका वडा नम्बर २, बाखोराका ४२ वर्षीय राजेन्द्र भुजेल, वडा नम्बर २, धोदलेखानीका ३२ वर्षीय देउराज राई, वडा नम्बर ४, दलगाउँका २४ वर्षीय पुर्ण कुमार राई र सोही वडाका २२ वर्षका सरोज कटुवाल रहेका छन् ।

पक्राउ परेका चारै जनालाई भोजपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप भई ज्यान मार्ने उद्योग कसुर अन्तर्गत अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button